नियम १०
लिलाम बिक्री गरेको बनिनरण पठाउने
(१) विभाग वा कार्यालयले ऐनको दफा २१ बमोजिम लिलाम बिक्री गरिएका सम्पत्ति बा साधनको विवरण लिलाम सकार गरेको सात दिनभित्र अनुसूची-३ बमोजिमको ढाँचामा सम्बन्धित अदालतमा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कार्यालयले अदालतमा पठाएको विवरणको लिखित जानकारी विभागलाई समेत दिनु पर्नेछ ।

(३) उपनियम (१) र (२) बमोजिमको विवरणको अभिलेख विभागले राख्नु पर्नेछ ।